समाजसमिक्षा पल विवाद : समिक्षाको दोधारे स्टाटास

समिक्षा पल विवाद : समिक्षाको दोधारे स्टाटास

काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको विवाद पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनीबीचको विवाद साम्य भएको थियो ।

उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्य भएको थियो । तर बिहीबार उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी छन् ।उनले पहिलेकै विषयलाई समस्याको रुपमा उठाउँदै पलसँगको असन्तुष्टि पोखेकी छन् । र, लामो कुरा नगरी चाँडोभन्दा चाँडो यथार्थ खुलाउने उल्लेख गरेकी छन् ।

उनले २०२१ अक्टोबर २४ मा आफै अनि आफ्नै फेसबुक वालमा राखेको लामो स्टाटसको भाव आफैले खारेजी गरेकी हुन् ।उनले भनेकी छन्, ‘म लामो केही भन्दिनँ । २०२१ अक्टोबर २४ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेकी थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’पहिलेको स्टाटसको स्क्रिन सट र यो स्टाटसले पल र समिक्षाको सम्बन्धबारे निकै गहिरो रहस्य रहेको अनुमान गर्न सकिन्छ । किनकि समिक्षाले पहिले पल र आफूमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको भन्दै स्टाटस लेखेकी थिइन् । उनले आफूहरुबीचको सम्बन्ध अभिभावक र छोरा छोरीको जस्तै भएको उल्लेख गरेकी थिइन् ।

त्यतिमात्रै होइन उनले आफूहरुको बारेमा लेख्ने मिडियाहरुलाई झुट भन्दै कडा आपत्ति जनाएकी थिइन् । उनले पल र आफूबिचको सम्बन्धलाई तोडमोड गरिएको आरोप लगाउँदै मिडियालाई तुच्छसमेत भन्न भ्याइन् । तर अहिले उक्त स्टाटस कसैको अनुनयले लेखेको भन्दै आफ्नै भनाइ खारेजी गरेकी छन् । याे उनकाे दुईजिब्रे बाेलीले आफ्नै कमजोरी सावित हुने देखिन्छ ।

उनको याे स्टाटसले ठूलै रहस्य लुकेको दर्शक-श्रोताले अनुमान गर्न थालेका छन् । उनका पछिल्ला अभिव्यक्तिहरुले दर्शक तथा स्रोताहरुमा उक्त रहस्यले कौतुहलता बढाएको देखिन्छ । कलाकारिताबाट ख्याति कमाएका यी दुई सार्वजनिक व्यक्तित्व भएका कारण उनीहरुप्रति सबैले चासो राख्नु स्वाभाविक पनि हो ।

-फेरि सुरु भयो

२४ अक्टोबरको समिक्षाको स्टाटस

नमस्कार

मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा मेरो र पल जीको सम्बन्धलाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मिडिया मा आएका छन । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथ साथै पल जी को क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजि गरिराको छन् । यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचारले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ । यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीजमा भएको हिसाबले पल जी ले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र, हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यवाद।

के हो समिक्षा र पलको विवाद ?
कोरोना महामारी बढेसँगै नायक पल शाह सामाजिक कार्यमा जुटेका थिए । त्यही क्रममा पल विभिन्न कार्यक्रममा हिँड्ने गरेका थिए । सोही क्रममा पल र गायिका समिक्षाबीच भेट भयो । त्यसपछि एकै फिल्ड भएकाले सँगै कामग गर्ने अवसरहरु प्राप्त हुँदै गयो । उनीहरु सँगसँगै विभिन्न कार्यक्रमहरु गर्न थाले । सामिप्यता निकै गहिरो भयो ।

हुन त उनीहरु फिल्ड एकै भएकाले कलाकारिताको सम्बन्ध मात्रै भएको दावी गर्छन् । तर विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा उनीहरुको प्रेम सम्बन्ध नै झाँगिएको भन्दै चर्चा भयो । उनीहरुको सम्बन्धको चर्चापछि समिक्षाको परिवारले थाहा पाए ।त्यसपछि समिक्षाकाे परीवारले विवाहको दबाबमा पारे पललाइ । उक्त दबाबपछि पलले करोडौँ रकमको आस्वासनमा घटना साम्य पार्न दबाब दिएको पनि चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img