देशकोशी प्रदेशप्रदेश १ मा एक हजार ६० जनामा कोरोना संक्रमित

प्रदेश १ मा एक हजार ६० जनामा कोरोना संक्रमित

सुनसरी / नेपाल कोरोना संक्रमणको दर तीब्र रूपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप एक हजार ६० जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार थपिएका संक्रमितमध्ये मोरङमा ३ सय ७७, झापामा १ सय ३८, धनकुटामा १३ , उदयपुरमन ५ , सुनसरीमा २ सय ५४, भोजपुर ,खोटाङ, पाँचथर र अोखलढुंगामा १-१ र तेह्रथुम र इलाममा २-२ एंव प्रदेश बाहिर जिल्लाका ५० संक्रमित रहेका छन् ।

एन्टिजेन परीक्षणमा संक्रमित देखिएका २ सय १५ मध्ये ५६ मोरङका, ५३ झापामा, ४५ सुनसरीका , २७ इलामका , ९ भोजपुरका, ८ खोटाङका, ७ सोलुखुम्बुका, ६ संखुवासभाका र ४ जना अोखलढुंगाका रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका अनुसार यहीँ अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । म‍ोरङमा बिहीबार १ महिलाको मृत्यु भएको छ । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img