देशकोशी प्रदेशछुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृ´त्यु

छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृ´त्यु

सुनसरी / झापा र धनकुटाका छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृ´त्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा अर्जुनधारा-९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन् ।

हिजो राती साढे ६ बजे को ९लप १७६३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृ´त्यु भएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ-२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती ट्याक्टर ब्रेक फेल भई पल्टदा १ जनाको मृ´त्यु भएको छ ।

गत राति पौने ८ बजे को २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास-६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृ´त्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img