देशएमसीसी पारित भएको एकदिन मै देखियो ‘साइड इफेक्ट’

एमसीसी पारित भएको एकदिन मै देखियो ‘साइड इफेक्ट’

काठमाडौं :

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्र्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले न्युज कारखानासँग भने । पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो ।

एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् ।

खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् । ‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो,’ उनले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ ।’

एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सृजना भएको प्रचण्डको भनाइ छ ।

केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताएका उनले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको बताए ।

समाज नै विभाजित हुने गरी विवाद सृजना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गर्नुपर्ने बताउँदै जानकारी दिएका उनले आफ्नैै सल्लाहमा प्रधानमन्न्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img