सुनसरी / ओखलढुंगा र उदयपुरको छुट्टाछुट्टै ठाउँमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृ´त्यु भएको छ ।
बिहीबार दिउँसो ११ बजे ओखलढुंगा चिशंखुगढी गाउँपालिका-३ स्थित दियालेमा बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए ।
घाईते मगरको दिउँसो (बिहीबार ) साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृ´त्यु भईसकेको थियो ।
त्यस्तै, गत बेलुका (बिहीबार ) ५ बजे उदयपुर त्रियुगा नगरपालिका-१० स्थित करमगाछिमा बस्ने ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका-११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन ।
घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृ´त्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।



