Wednesday, April 30, 2025
समाजअटो सिटि बजाज सोरूमद्वारा प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण
spot_img

अटो सिटि बजाज सोरूमद्वारा प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण

सुनसरी / इटहरी उपमहानगरपालिका-६ स्थितमा रहेको अटो सिटि बजाज सोरूमद्वारा प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण गरेको छ ।

आज विहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विद्युतिय अटो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानिय समेतको उपस्थिति रहेको थियो ।

उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img