समाजशौचालयमा लुकेर शा,’रिरीक सम्पर्कका लागि ज,’बरजस्ती गर्ने गोरखा सैनिक राई दो’षी ठहर

शौचालयमा लुकेर शा,’रिरीक सम्पर्कका लागि ज,’बरजस्ती गर्ने गोरखा सैनिक राई दो’षी ठहर

spot_img

लण्डन । ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौ,’न सम्बन्ध राख्न ज,’बरजस्ती गरेको अभियोग लागेको एक सेवारत गोरखा सैनिकलाई सैनिक अदालतले दो’षी ठहर गरेको छ ।

सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय गोरखा सैनिक ताराहाङ राईलाई बुलफोर्ड मिलिटरी कोर्ट, बिल्सायरले दोषी साबित गरेको हो ।सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो ।

दुई पटक राईले ती महिलालाई चु’म्बनका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए। त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चिच्याउने ध’म्की दिएपछि भने छोडेका थिए ।

घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।राईले आफूमाथि लगाइएको अ’भियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए ।

महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौ,’न दु’र्ब्यवहारको आरोप लगाएको राईको भनाइ थियो ।यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ ।राईलाई केही समयपछि स’जायँ तोकिने छ ।-/शिधाकुरा बाट

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img