देशकोशी प्रदेशघरको छतमा ट्रस लगाउने क्रममा एक युवालाई करेन्ट लागेर मृत्यु

घरको छतमा ट्रस लगाउने क्रममा एक युवालाई करेन्ट लागेर मृत्यु

सुनसरी / धरान उपमहानगरपालिका-१५ कृष्णपथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गमा बस्ने ३५ बर्षीय मौसम प्रधान रहेका छन् ।

हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेन्ट लागी छतबाट भुइँमा लडी घाइते भएका थिय । उनको उपचारको लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भएको थियोे।-साङ्केतिक फोटो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img