सुनसरी / हिजो बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् ।
घरमा केही दिन अगाडि अंशवण्डा पछि केही थोरै तनावमा रहेका थिय । कालो र सेतो रङ्गको ज्याकेट , कालो पेन्ट , कालोसेतो रङ्गको उनीको सर्ट , कालो रङ्गको गोल्डस्टार जुत्ता र गलबन्दी पनि कोइरालाले लगाएका छन् ।
आफ्नो मोबाइल घरमै छोडेर घरदेखि निस्केका कोइरालालाई स्थानीयले घरदेखि डेढ किलोमिटर उत्तरमा रहेको जय नेपाल चोक सम्म देखेको बताए । घरमा त्यस्तो केही झैझगडा नभएको उनका छोरा रोशन कोइरालाले बताए ।
छोरा रोशन कोइराला र बाबुराम कोइरालाले बाबुको खोजिका लागि आफ्न र नातेदार सबै तिर सम्पर्क गरिसकेका छन् । उहाँ आज सम्म काहिँ कतै पनि फेला परेका छैनन् । दाजुभाइ , दिदिबहिनी , नातेदार र आफ्न सबैलाई देख्नु हुने र भेट्नु हुने खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।
उनका भाइ शालिग्राम कोइरालाले कसैले काहिँ कतै देखेमा वा भेटेमा ९८०७०८०१९२ मा वा ९८२४३९५०२३ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवाले आग्रह गरेका छन् ।