फिचरपदभार ग्रहण लगतै निर्मला पन्तको न्यायिक छानबिन गर्ने लामिछानेको पहिलो निर्णय

पदभार ग्रहण लगतै निर्मला पन्तको न्यायिक छानबिन गर्ने लामिछानेको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन। सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गरेका हुन् ।

उनले आजै राष्ट्रपति भवनमा उप–प्रधानमन्त्रीसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिया ।

उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् । ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेललेभने ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img