देशकोशी प्रदेशतालतलैयालाई इटहरी सरकारले मातहत ल्याउने प्रक्रिया सुरु

तालतलैयालाई इटहरी सरकारले मातहत ल्याउने प्रक्रिया सुरु

सुनसरी : इटहरी २ र ३ मा पर्ने पर्यटकीय स्थल तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति तालतलैयालाई इटहरीको स्थानीय सरकार मातहत ल्याउने प्रक्रिया उपमहानगरले सुरु गरेको छ ।

वन उपभोक्ता समिती मातहत रहेको तालतलैयालाई इटहरी सरकार मातहत ल्याई सञ्चालन तथा व्यवस्थापन गर्न संघीय सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्ने उपमहानगरको कार्यपालिका बैठकले निष्कर्षमा निकालेको छ । केही समय पहिले व्यवस्थापनकै विषयमा समस्या परेपछि उपमहानगरले आफु मातहत ल्याउने प्रयास थालेको हो ।

कार्यदलमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइराला संयोजक छन्। वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी सहसंयोजक र वडा नम्बर १ र ६ का वडा अध्यक्षहरु क्रमश रतन कार्की, दिवस पोखरेल र कार्यपालिका सदस्य भिमा देवी राई सदस्य रहेका छन् ।

कार्यदलले अध्ययन गरी प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदनको आधारमा उपमहानगरले ठोस निर्णय लिने कार्यपालिका वैठकले निर्णय गरेको छ ।

यस अघि , कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो समूह नै कार्यसमिति विवादित बनेको हो । समितिकै मातहतमा कार्यरत कर्मचारी निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियोे ।

आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काटेर पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको र पछि टिकट माग्दा आँफूले च्यातेर फालिदिएको जवाफ दिएको आरोप लगाइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img