साहित्यसन्जिप तिम्सिनाको "पानी सगैं बाढी" कविता

सन्जिप तिम्सिनाको “पानी सगैं बाढी” कविता

दु:ख कष्ट बिर्सिएर सललल बग्छु
आफू भित्रको फोहर मैला बगाएर लग्छु ।
कोही भन्छन् मेची मलाई , कोही महाकाली
धर्तीलाई पार्छु म-सधैं हरियाली ।

थाक्दिन म कहिले पनि- आफ्नो गतिसँग
विनास पार्छु जब मलाई चल्छ अति जङ्गग ।
मेरो अर्थ बुझ मान्छे- म हुँ तिम्रो साथि
सधैंभरि विश्वास छ मेरो तिमीमाथि ।

माटोभित्र पोख्यौभने- सुष्टि सक्छु
प्रकाश भै तिम्रो गाउँको कालो छोप्न सक्छु ।
नदी मेरो नाम हो -पानी मेरो जात
सधैं-सधैं खोज्छु म जाँगरिला हात ।

दु:ख कष्ट बिर्सिएर सललल बग्छु
आफू भित्रको फोहर मैला बगाएर लग्छु ।।
कविता शीर्षक :“पानी सगैं बाढी कविता”
रचनकार : सन्जिप तिम्सिना

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img