समाजतरकारीको मूल्य १६३ प्रतिशतसम्म बढ्यो, खाद्यान्नको मूल्य यथावत्
spot_img

तरकारीको मूल्य १६३ प्रतिशतसम्म बढ्यो, खाद्यान्नको मूल्य यथावत्

काठमाडौं | तीन दिनसम्म लगातार परेको वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा तरकारीजन्य वस्तुको आपूर्तिमा समस्या देखिएको छ। यसले गर्दा दैनिक उपभोग्य तरकारीको मूल्यमा ठूलो वृद्धि भएको छ। कालीमाटी तरकारी बजारका अनुसार हरियो धनियाँ, भण्टा, लौका, भिण्डी लगायतका तरकारीको मूल्य ७५ प्रतिशतदेखि १६३ प्रतिशतसम्म बढेको छ।

तरकारीको थोक मूल्य ह्वात्तै बढेपछि खुद्रा बजारमा यसको मूल्य झन् धेरै बढ्ने गरेको छ। तर नियामक निकायले बजार अनुगमन र नियमनमा पर्याप्त ध्यान नदिएको उपभोक्ताहरूको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बाढीका कारण आपूर्ति ठप्प भएको र बुधबारबाट मूल्य घट्न सक्ने बताएका छन्।

तरकारीको मूल्य बढेपनि खाद्यान्नको मूल्य भने यथावत् रहेको छ। नेपाल चामल, तेल, दाल उद्योग संघका विभोर अग्रवालका अनुसार चामल, दाल, तेल लगायतका खाद्यान्नमा अभाव छैन र मूल्य पनि बढ्ने सम्भावना कम छ।

खाने तेलको मूल्यमा भने पछिल्लो समय प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म वृद्धि भएको छ। यसको मुख्य कारण भारततर्फ निर्यात बढ्नु रहेको छ, जसले नेपाली बजारमा पनि प्रभाव पारेको अग्रवालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img