देशदसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्याे

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्याे

काठमाडौँ। दसैंमा घर फर्किने यात्रुलाई लक्षित गरी आज (शुक्रबार) देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ-संगठन तथा ट्राफिक प्रहरीसँगको सहमतिमा लामो तथा मध्यम दूरीका बसको टिकट बुकिङ सुरु गरेको हो।

​अग्रिम बुकिङ खुलेसँगै बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क लगायतका क्षेत्रमा टिकट लिने यात्रुहरूको भिड लागेको छ। यात्रुको चाप व्यवस्थापन गर्न फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारी साधनलाई आवश्यकता अनुसार रिजर्भमा चलाउन पाउने गरी रुट परमिट (सवारी इजाजत पत्र) समेत खुला गरिएको छ।

​दसैं अवधिभर खाद्यान्न, फलफूल, तरकारी, औषधि तथा खसी-बोका जस्ता अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई प्राथमिकताका साथ सञ्चालन गर्न दिइने विभागले जनाएको छ। अन्य सर्वसाधारण ढुवानीका सवारी साधनलाई भने आवश्यकता अनुसार रोकिने छ।

​यात्रुलाई ठगी र कालोबजारीबाट जोगाउन नयाँ बसपार्क, कोटेश्वर, बल्खु लगायत १५ मुख्य स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। तोकिएको भन्दा बढी भाडा लिएमा वा बिचौलियाले दुःखी दिएमा नजिकैको सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा तत्काल जानकारी गराउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img