समाजहेटौँडामा जेनजी आन्दोलनमा मारिएका प्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन

हेटौँडामा जेनजी आन्दोलनमा मारिएका प्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन

हेटौँडा । गत सोमबार देशभर भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज हेटौँडाको बौद्ध चोकमा दीप प्रज्वलन गरिएको छ।

स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मौनधारण गरेर शोक व्यक्त गरे। उनीहरूले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका थिए। सोमबारको प्रदर्शनमा हालसम्म ५१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ।

यसैबीच, आजै जेनजी अभियानका प्रतिनिधिहरूले मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठसँग समन्वयात्मक छलफल गरेका छन्। छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको जेनजी अभियानका एक सदस्यले जानकारी दिए।

सिडिओ श्रेष्ठले आन्दोलनका क्रममा मानव क्षति नभए पनि व्यापक भौतिक क्षति भएको बताएकी  छन्। उनले चोरी तथा डकैतीमा संलग्न भएकाहरूको विषयमा प्रमाण उपलब्ध गराए आवश्यक सहजीकरण गर्ने आश्वासन पनि दिएको छलफलमा सहभागी एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img