काठमाडौं | बुधबार राति पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर २६ मिनेटमा पूर्वी रुकुम र बागलुङको सीमा केन्द्रविन्दु बनाएर ४.६ म्याग्नीच्यूडको भूकम्प गएको हो।
अचानक धक्का महसुस भएपछि स्थानीयवासीहरू आत्तिँदै घर बाहिर निस्किएका थिए। भूकम्पको कम्पन लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत स्पष्ट रूपमा अनुभव गरिएको जनाइएको छ। तर, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो। नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले प्रायः साना धक्का समय–समयमा महसुस हुने गरेका छन्।




