बागमती प्रदेशमकवानपुरमकवानपुरमा १७ देखि २० गतेसम्म राति सडक आवागमन बन्द, उच्च सतर्कता अपनाउन...

मकवानपुरमा १७ देखि २० गतेसम्म राति सडक आवागमन बन्द, उच्च सतर्कता अपनाउन आग्रह

सारांश

मकवानपुरमा १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसैक्रममा हेटौँडा–काठमाडौं मार्गमा राति सडक आवागमन बन्द गरिनेछ र पहिरो जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन सूचित गरिएको छ।

हेटौँडा | असोज १७ आजदेखि २० गतेसम्म मकवानपुरमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १५ मा जारी गरेको पूर्वानुमान बमोजिम असोज १७ देखि २० गतेसम्म निरन्तर वर्षा हुने सम्भावना रहेको प्रशासनले जनाएको छ। यसै क्रममा संभावित विपद् न्यूनिकरणका लागि जिल्लाभित्रका मुख्य सडकखण्डमा रात्रीकालीन सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

प्रशासनका अनुसार असोज १७ देखि २० गतेसम्म बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म हेटौँडाबाट ललितपुरतर्फ जाने कान्तिलोकपथमा सवारी चल्न नपाउनेछ। त्यस्तै, बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म हेटौँडा–भैसे मार्ग हुँदै काठमाडौं जाने सवारी पनि बन्द गरिनेछ।

प्रशासनले अत्यावश्यक कामबाहेक राति तथा टाढाको यात्रा नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन सूचित गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख स्किम श्रेष्ठका अनुसार, “संभावित विपद्‌का कारण धनजनको क्षति हुन नदिन सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति र स्वयंसेवक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।”

साथै विपद् प्रतिकार्यमा संलग्न हुने सबै निकायलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय समितिसँग निरन्तर समन्वयमा रहन आग्रह गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img