वि.सं. २०८२ कार्तिक ०१ गते शनिवार, कार्तिक कृष्णपक्ष द्वादशी तिथि र पूर्वाफाल्गुनी नक्षत्रको योगमा विशेष शुभ दिन हो। चन्द्रमा सिंह राशिमा रहेको यो दिन धनत्रयोदशी (धनतेरस) र कार्तिक सङ्क्रान्तिको शुभ योग छ। श्री शनि प्रदोष व्रत र यम दीपदान गर्नुपर्ने विशेष दिन हो, जसले मृत्युनिवारण र पुत्रप्राप्तिमा सहयोग पुर्याउँछ। ब्रह्म योगको उपस्थिति र अग्निवास मुहूर्तले यज्ञ, हवन, रुद्रीपूजा र रुद्राभिषेक गर्नका लागि अत्यन्त शुभ समय प्रदान गरेको छ। धनलक्ष्मीको पूजा, सुनचाँदीको खरिद र धार्मिक कार्यका लागि आज अत्यन्त फलदायी दिन मानिन्छ। साँझ घरबाहिर दियो बालेर यम दीपदान गर्नु पुण्यदायी हुन्छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारीमा कस्सिएर प्रयास गर्नुहोस्। मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिन्छ। प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्छ। ज्ञान र अनुभव बढाएर व्यक्तित्व अपडेट गर्नुहोस्। नयाँ कामको थालनी गर्ने प्रयास गर्नुहोस्। बुद्धिकौशल प्रयोग गरी सफलता कमाउनुहोस्, जुनियर साथीको सहयोग लिनुहोस्। भाग्यबल ५०%, शुभअङ्क ५, शुभरङ सेतो। मन्त्र: ॐ ज्ञानमुद्रायै नमः (११ पटक)।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्छ। भावनाप्रधान दिन हो, एकअर्काप्रति समर्पित हुनुहोस्। पदप्रतिष्ठामा बृद्धि हुन्छ, आम्दानीका मार्ग सहज हुन्छन्। घरपरिवारसँग भावना साटासाट गर्दा शान्ति मिल्छ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि पर्नुहुन्छ। महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवीको सल्लाह लिनुहोस्। भाग्यबल १५%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ चामुण्डाभगवत्यै नमः (०९ पटक)।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक वातावरण सुखमय रहन्छ। सँगीसाथीसँग भेटघाट र नयाँ योजना बनाउने समय हो। कहीं कतै भ्रमणमा निस्कने योग छ। सहकार्यको भावना विकसित हुन्छ। पुराना साथीसँग भेट हुन्छ, पढाइ र भविष्यको छलफल हुन्छ। नयाँ योजना प्रारम्भ गर्न उत्तम समय हो। सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्छ। भाग्यबल ६०%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ वायुपुत्राय नमः (२१ पटक)।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपहार वा धन प्राप्त हुन्छ। सिनियर कर्मचारी र हाकिम खुसी हुन्छन्। काम फुत्काउन चाहनुहुन्छ भने प्रयास गर्नुहोस्। मनले चाहेको व्यक्तिबाट नौलो कुरा सुन्दा हर्षित हुनुहुन्छ। धनको कारोबार र किनमेलबाट विशेष लाभ हुन्छ। घरबाट धार्मिक कृत्य वा शुभ कर्मको सन्देश आउँछ। भाग्यबल ३५%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ सर्वकामप्रदायै नमः (११ पटक)।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवस्थापकीय कमी हटाउन प्रयास गर्नुहोस्। नयाँ कामको थालनीमा कामदार र सहयोगीको सुझाव लिनुहोस्। मन हलुका र उत्साही बन्छ, कामको चापबाट फुर्सद मिल्छ। जीवनसाथीसँग सानो यात्रामा जाने योग छ। आफूलाई कमजोर नठान्नुहोस्। मिहिनेतले असम्भवलाई पनि सम्भव बनाउँछ। भाग्यबल ९०%, शुभअङ्क १, शुभरङ कलेजी। मन्त्र: ॐ भास्कराय नमः (०७ पटक)।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राखनधरनमा सचेत हुनुहोस्, तालसाँचो बलियो बनाउनुहोस्। नयाँ मान्छे घरमा छ भने सतर्क रहनुहोस्। एउटै रुटिन र वातावरणबाट दिक्क लाग्छ। कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्छ। परिबन्द र बाध्यताका काममा अलमलिनुपर्छ। वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुन्छ। भाग्यबल १५%, शुभअङ्क ३, शुभरङ नीलो/कालो। मन्त्र: ॐ मन्दचेष्टाय नमः (२३ पटक)।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सबै कार्य योजनानुसार सम्पन्न हुन्छन्। आपसी समन्वय र आन्तरिक सुख बढ्छ। पार्टनरसँग सानो यात्राको कार्यक्रम बन्छ। उच्चकोटिको पारिवारिक सुख मिल्छ। घरपरिवार र आफन्तलाई केही समय छुट्याउनुहोस्। आम्दानीको स्रोतमा बढोत्तरी हुन्छ। नयाँ कारोबारमा लगानी बढाउँदा फाइदा हुन्छ। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ नीलो/कालो। मन्त्र: ॐ छायापुत्राय नमः (२३ पटक)।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
क्यारियर र पेसाको सोच सल्बलाउँछ। लगनशीलता र परिश्रमले समस्या हल गर्न सकिन्छ। लक्ष्य, रणनीति र योजना कार्यान्वयन गर्न अनुकूल समय हो। दुविधा छ भने अभिभावक वा बुजुर्गसँग छलफल गर्नुहोस्। उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिसँग मित्रता हुन्छ। पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ। भाग्यबल ४५%, शुभअङ्क १, शुभरङ नीलो/कालो। मन्त्र: ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः (२३ पटक)।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ जानकारी र समाचार प्राप्त गर्ने समय हो। कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्नुहुन्छ। हाँकेका काममा भाग्यले साथ दिन्छ। डिजिटल माध्यमबाट जनसम्पर्क बढ्छ। अचानक इच्छाएको जिम्मेबारी प्राप्त हुन्छ। वैकल्पिक आम्दानीका लागि नयाँ कारोबार गर्नुहोस्। भेटघाटको अनुकूलता मिल्छ। भाग्यबल ४५%, शुभअङ्क ९, शुभरङ कलेजी। मन्त्र: ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः (०७ पटक)।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्त वा मित्रमा विरोधाभास र मतभेद बढ्छ। बल प्रदर्शन र तुजुक देखाउने काममा पछि हट्नुहोस्। सहयोगीको अनुपस्थितिले कारोबारमा मन्दी आउँछ। पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोस्। डुबेको धन हातपार्न सक्नुहुन्छ। स्वास्थ्यमा चनाखो रहनुहोस्, दवाइ र आहारमा ध्यान दिनुहोस्। भाग्यबल १०%, शुभअङ्क ८, शुभरङ नीलो/कालो। मन्त्र: ॐ शं शनैश्चराय नमः (२३ पटक)।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहन्छ। मिलनसार स्वभावको विकास हुन्छ, ठूलाबडासँग सम्बन्ध बन्छ। आम्दानीमा कमी छैन तर मन भावुक र चञ्चल बन्छ। पारिवारिक प्रयोजनमा केही समय खर्च हुन्छ। पारिवारिक सुखमा कमी देखिँदैन। वैवाहिक सम्बन्धका सुमधुर पलको स्मृतिमा समय बित्छ। भाग्यबल १००%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ शं सूर्यात्मजाय नमः (२३ पटक)।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक थकान र बेचैनीको समय हो। सानो कुरामा चिन्ताग्रस्त हुनुहुन्छ। आफन्त र सँगीसाथीको तनावमा पनि बृद्धि हुन्छ। कार्यक्षेत्र बाहिरको जिम्मेबारीमा खट्नुपर्छ। औपचारिक र अनुशासित तवरले दिन बित्छ। आडम्बर नदेखाउनुहोस् नत्र बेकारको तर्कवितर्कमा समय बित्छ। भाग्यबल ६५%, शुभअङ्क ६, शुभरङ ध्वाँसे/कालो। मन्त्र: ॐ रां राहवे नमः (१८ पटक)।




