खेल समाचारहेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदार

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदार

हेटौँडा | हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगमा यस वर्ष पनि जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको छ।

मंसिर १ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलका लागि शुक्रबार बिहान हेटौँडामा आयोजित कार्यक्रममा दुवै पक्षबीच औपचारिक सहकार्य सम्झौता हस्ताक्षर गरिएको हो। विद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशी र जनकपुर बोल्ट्सका सहलगानीकर्ता मध्येका एक महेशराज सिग्देलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारका रूपमा पुनः रहने भएको छ। यस वर्षको सहकार्य अन्तर्गत जनकपुर बोल्ट्सका हेल्मेट, क्याप र हेडगियरमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको लोगो प्रयोग गरिने स्कूलले जनाएको छ। सहकार्यअन्तर्गत कति रकम विनिमय हुने भन्नेबारे दुवै पक्षले सार्वजनिक सूचना नखोल्ने निर्णय गरेका छन्।

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र विद्यालयबीचको निरन्तर सहकार्यलाई विशेष महत्वका साथ हेरिएको छ। जनकपुर बोल्ट्सका कप्तान अनिल साह तथा व्याट्सम्यान शुभ कंशाकार दुवै हेटौँडा स्कूल अफ म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img