समाजबीपीपी युनिभर्सिटी बेलायतको पहिलो स्थानमा
spot_img

बीपीपी युनिभर्सिटी बेलायतको पहिलो स्थानमा

काठमाडौं । बेलायतको विद्यार्थी समीक्षा प्लेटफर्म स्टुडेन्टक्राउडले सार्वजनिक गरेको ‘बेस्ट यूके युनिभर्सिटिज लिग टेबल २०२६’ मा बीपीपी युनिभर्सिटी बेलायतको पहिलो स्थानमा पर्न सफल भएको छ । विद्यार्थीहरूको प्रत्यक्ष समीक्षा र मूल्याङ्कनका आधारमा तयार गरिएको उक्त सूचीमा बीपीपी युनिभर्सिटीले पाँचमध्ये ४.५४ समग्र विद्यार्थी रेटिङ प्राप्त गरेको जनाइएको छ ।

स्टुडेन्टक्राउडको यो र्‍याङ्किङ विश्वविद्यालय, समिति वा विज्ञ समूहको मूल्याङ्कनभन्दा पनि वास्तविक विद्यार्थी अनुभवमा आधारित हुने भएकाले विद्यार्थीमाझ यसलाई विश्वासिलो सूचकका रूपमा लिने गरिएको छ । अध्ययन वातावरण, शैक्षिक स्रोत, कर्मचारीको सहयोग, अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण र व्यक्तिगत विकासका अवसरजस्ता पक्षका आधारमा विद्यार्थीहरूले विश्वविद्यालयको मूल्याङ्कन गरेका हुन् ।

बीपीपी युनिभर्सिटीले टिचिङ एक्सिलेन्स फ्रेमवर्कअन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । यस्तै, विश्वविद्यालय क्यूएए मान्यताप्राप्त रहेको र यसको बिजनेस स्कुल एएसीएसबी मान्यताप्राप्त रहेको जनाइएको छ । विश्वविद्यालयले ब्लक टिचिङ मोडलमार्फत एकपटकमा एउटा विषयमा केन्द्रित भएर अध्ययन गर्ने व्यवस्था गरेको छ । कानुन, व्यवस्थापन, वित्तीय क्षेत्र तथा व्यावसायिक शिक्षामा केन्द्रित बीपीपी युनिभर्सिटीलाई रोजगारीमुखी अध्ययनका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीले स्टुडेन्टक्राउडमा दिएको प्रतिक्रियामा बीपीपी युनिभर्सिटीको वातावरण सहयोगी, स्वागतयोग्य र शैक्षिक तथा व्यक्तिगत विकासका लागि उपयुक्त रहेको उल्लेख गरेका छन् । बीपीपी युनिभर्सिटी नेपालको आधिकारिक प्रतिनिधिका रूपमा रहेका कन्ट्री म्यानेजर शिव केसीका अनुसार अगस्ट २०२६ इन्टेकका लागि आवेदन प्रक्रिया खुला गरिएको छ । उनले नेपाली विद्यार्थीका लागि बीपीपी युनिभर्सिटी गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय अवसरको राम्रो गन्तव्य बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img