राजनीतिकांग्रेस महाधिवेशन: मनोनयन दर्ता जारी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको एकल उम्मेदवारी

कांग्रेस महाधिवेशन: मनोनयन दर्ता जारी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको एकल उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज राष्ट्रिय सभागृहमा मनोनयन दर्ता भइरहेको छ। निर्वाचन समितिले बिहानैदेखि उम्मेदवारी दर्ताको काम अघि बढाएको हो।

​हालसम्मको दर्ता प्रक्रिया अनुसार वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। उनले वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका हुन्।

​सभापति पदमा भने हालसम्म श्यामकृष्ण खड्गीले मात्रै मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी घोषणा गरेका गगनकुमार थापा र किशोरसिंह राठौरको मनोनयन दर्ता हुन बाँकी रहेको छ।

​त्यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारी पदहरूमा उम्मेदवारी दिनेको सङ्ख्या उल्लेख्य देखिएको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्ताको क्रम अझै जारी छ।

​पदाधिकारीमा हालसम्म परेका उम्मेदवारी

​सभापति

  • ​श्यामकृष्ण खड्गी

​वरिष्ठ उपसभापति

  • ​विश्वप्रकाश शर्मा

​उपसभापति (खुला)

  • ​डा. चन्द्रमोहन यादव
  • ​सुरेन्द्रराज पाण्डे
  • ​डा. मीनेन्द्र रिजाल
  • ​गोविन्द भट्टराई
  • ​देवराज चालिसे
  • ​मधुप्रसाद आचार्य
  • ​धनराज गुरुङ
  • ​दीपक गिरी
  • ​डा. चन्द्र भण्डारी

​समावेशी उपसभापति

  • ​विनोद चौधरी
  • ​फरमुल्लाह मन्सुर
  • ​जीवन परियार

​महिला उपसभापति:

  • ​पुष्पा भुसाल

​महामन्त्री (महिला)

  • ​डिला संग्रौला
  • ​रिता खनाल
  • ​महालक्ष्मी उपाध्याय डिना

​महामन्त्री (खुला)

  • ​शंकर तिवारी
  • ​सुनिल शर्मा
  • ​नैनसिंह महर
  • ​प्रदीप पौडेल
  • ​गुरुराज घिमिरे
  • ​अमरसिंह पुन

​सहमहामन्त्री (महिला)

  • ​प्रतिमा गौतम

​सहमहामन्त्री (खुला)

  • ​देवेन्द्रराज कँडेल
  • ​रामहरि खतिवडा
  • ​डिल्लीराम सुवेदी

​सहमहामन्त्री (पिछडिएको क्षेत्र)

  • ​जीवनबहादुर शाही
  • ​मीन भाम

​सहमहामन्त्री (खसआर्य)

  • ​मनोजमणि आचार्य
  • ​अजयबाबु शिवाकोटी
  • ​जगदिश्वरनरसिंह केसी

​सहमहामन्त्री (आदिवासी जनजाती)

  • ​बहादुरसिंह लामा

​सहमहामन्त्री (थारु)

  • ​तेजुलाल चौधरी

​सहमहामन्त्री (अल्पसंख्यक)

  • ​आङगेलु शेर्पा

​सहमहामन्त्री (मुस्लिम)

  • ​अब्दुल सत्तर

​सहमहामन्त्री (मधेशी)

  • ​अभिषेकप्रताप शाह

​सहमहामन्त्री (दलित)

  • ​लक्ष्मी परियार
  • ​प्रकाश रसाइली स्नेही
  • ​मानबहादुर नेपाली
  • ​नरेन्द्र पासवान

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img