इटहरी | नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। यस परिप्रेक्ष्यमा, एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले विद्यार्थीहरूलाई उचित परामर्शका साथै आवश्यक सीप सिक्नुपर्ने कुरामा जोड दिइरहेको छ।

एक्सपर्ट एजुकेशन इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले २० वर्षको अनुभवका आधारमा विद्यार्थीहरूलाई समग्र शैक्षिक परामर्श प्रदान गर्दै आएको बताए। उनका अनुसार, विद्यार्थीहरूलाई विदेशको शिक्षा प्रणाली, नीति-नियम, वित्तीय योजना, करियर विकास र अन्य आवश्यक जानकारी प्रदान गरिन्छ।
तिम्सिनाले नेपालका विश्वविद्यालयहरूमा देखिएका समस्याहरूले गर्दा युवाहरू विदेश जान आकर्षित भएको बताए। उनले विद्यार्थीहरूलाई सीप सिकाएर मात्र विदेश पठाउने गरेको र विदेशमा सफल हुन आवश्यक तयारीमा जोड दिएको उल्लेख गरे।
एक्सपर्ट एजुकेशनले कोशी प्रदेशका प्रमुख शहरहरूमा शाखा सञ्चालन गर्दै आएको छ र हालसम्म १ लाख २५ हजार भन्दा बढी विद्यार्थीहरूलाई सेवा प्रदान गरिसकेको दाबी गरेको छ। संस्थाले विद्यार्थीहरूलाई विदेश अध्ययनपछि नेपाल फर्केर यहाँ लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।



