राजनीति'रुख चिन्ह र चारतारे झण्डा गगनसँग, देउवा समूह नाम मात्रको काँग्रेस'

‘रुख चिन्ह र चारतारे झण्डा गगनसँग, देउवा समूह नाम मात्रको काँग्रेस’

काठमाडौँ । महामन्त्री गगन थापाले विशेष महाधिवेशन पक्ष नै आधिकारिक नेपाली काँग्रेस भएको दाबी गरेका छन्। शेरबहादुर देउवा समूहले कारबाही गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले पार्टीको चुनाव चिन्ह रुख र चारतारे झण्डा आफूहरूसँगै रहेको बताए।

उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै विशेष महाधिवेशन पक्ष नै आधिकारिक काँग्रेस हुनेछ र नेतृत्व चयनको प्रक्रिया ढुक्कसँग अघि बढाइनेछ। निर्वाचन प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगमा जानकारी गराइने पनि उनले बताए।

विशेष महाधिवेशन स्थलमा गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरमाथि कारबाहीको निर्णयपछि काँग्रेसी कार्यकर्ताहरूले शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img