Thursday, March 27, 2025
साहित्यदिपा लुईटेलको प्रेमको उपहार

दिपा लुईटेलको प्रेमको उपहार

म बिरामी भएको बेला पाउने,
आमाको स्याहार ,बाबाको प्यार,
दिदिको कियर अनि ,दु:ख काट्ने हतियार जस्तै बनिदिनु तिमि
तब झुपडी मै बसेर स्वर्ग छुन सक्छु म
सम्झनाको बहार र मायाको उपहार ल्याउनु तिमि
तब पो अमुल्य प्रेमको उपहार पाउन सक्छु म

तुफानको सामना गर्ने साहस
म प्रतिको बिश्वास र
हर परिस्थितिमा प्रेमको आवास बनिदिनु तिमि
जहाँ काडाको दुखाइ पनि सहन सक्छु म
सम्झनाको बहार र मायाको उपहार ल्याउनु तिमि
तब निश्चिन्त तिम्रो साथमा रहन सक्छु म

सम्बन्धमा नङ र मासुजो झै सहारा
गर्मीमा शितलता दिने छहरा अनि,
भोकलाइ प्यारो लाग्ने आहारा जस्तै बनिदिनु तिमि
जस्तोसुकै संघर्ष पनि गर्न तयार म
सम्झनाको बहार र मायाको उपहार ल्याउनु तिमि
तब जनम जनम तिम्रै मनमा पर्न तयार म

बर्षको एक प्रेम दिवस हैन
हरपल,हर क्षण,
प्रत्येक छिन् छिन्
बर्षमा तीन सय पैसठ्ठि दिनै खास बनिदिनु तिमि
म तिम्रो तिमि मेरो आश,
बन्द आखाले गर्नसक्ने बिश्वास बनिदिनु तिमि
सबै सम्भव छ जीवन जीत्ने आट हुनुपर्छ
सम्झनाको बहार र मायाको उपहार लिएर आउने छु म
तर यस्मा मात्र तिम्रो साथ हुनुपर्छ ।।

(दिपा लुईटेल)

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img