Tuesday, July 8, 2025
देश७३ जिल्लामा फैलियो डेंगु, जोखिम अझै बढ्दै

७३ जिल्लामा फैलियो डेंगु, जोखिम अझै बढ्दै

spot_img

काठमाडौं | वर्षाको सुरुवातसँगै देशमा फेरि डेंगु संक्रमणको जोखिम बढ्न थालेको छ। पछिल्ला ६ महिनामा देशका ७३ जिल्लामा डेंगु फैलिएको छ भने कुल संक्रमित संख्या १५०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मनाङ, रसुवा, डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमण बागमती प्रदेशमा ३८० संक्रमित देखिएको छ, त्यसपछि गण्डकी ३०३, कोशी ३००, लुम्बिनी २४७, सुदूरपश्चिम २८४, कर्णाली ३२ र मधेस प्रदेश २२ मा संक्रमित फेला परेका छन्।

-सूचना-

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, डेंगुको मुख्य सिजन अझै आउन बाँकी रहेको र संक्रमण अझ फैलन सक्ने जोखिम रहेको छ। “संक्रमणको जोखिम पहिलेभन्दा ५० प्रतिशतले घटे पनि चुनौती भने घटेको छैन,” उनले भने।

वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सरोकारवाला निकायहरूको उदासीनताले संक्रमण नियन्त्रण गर्न कठिन भएको बताएका छन्। “डेंगु तराईबाट पहाड र हिमालसम्म फैलिसकेको छ। तीनै तहका सरकार चुप छन्, जनप्रतिनिधिहरूले आवाज उठाएका छैनन्,” उनले भने।

विशेषज्ञहरूले ‘सर्च एन्ड डेस्ट्रोय’ विधिमा ढिलाइ भइरहेको भन्दै टायर, गमला, बाल्टिन, ड्रम जस्ता ठाउँमा पानी जम्न नदिन आग्रह गरेका छन्। एक संक्रमित लामखुट्टे ३० दिनको जीवनमा ५००–१००० फुल पार्न सक्छ, जसले महिना दिनमै हजारौं रोग सार्ने लामखुट्टे उत्पादन गर्न सक्छ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ र दिनको समयमा टोक्छ। गर्भवती, बालबालिका, वृद्ध र दीर्घरोगीहरूमा डेंगु गम्भीर हुन सक्ने डा. बुढाथोकी बताउँछन्। प्रत्येक २० जनामध्ये १ जनामा जटिलता देखिने र मृत्यु दर १–२% रहेको पनि उनी बताउँछन्।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img