बागमती प्रदेशमकवानपुरमकवानपुरमा आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बुबा पक्राउ

मकवानपुरमा आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बुबा पक्राउ

हेटौँडा | मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।

इलाका प्रहरी कार्यालय पालुङका अनुसार ध्रुबलालले १३ वर्षीया छोरीमाथि २०८० सालको भदौदेखि कात्तिक महिनासम्म पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको हो। जाहेरीपछि उनलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक सविन बाबु अर्यालले जानकारी दिए।

प्रहरी अनुसन्धान अनुसार पीडित किशोरी जेठी श्रीमतीबाट जन्मिएकी हुन्। उनकी आमा छोरीलाई ५ वर्षकै उमेरमा छाडेर गएको बताइएको छ। ध्रुबलालसँग हाल कान्छी श्रीमती रहेको र ती श्रीमतीबाट एक छोरा पनि रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img