Saturday, May 24, 2025
देशगण्डकी प्रदेशनिरन्तर वर्षा: बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध
spot_img

निरन्तर वर्षा: बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध

spot_img

बागलुङ : अविरल वर्षाका कारण पहिरो झरेपछि मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ।

निरन्तरको वर्षाका कारण गयराती साढे १० बजेको समयमा जिल्लाको गलकोट नगरपालिका-७ मल्म आँगाखेतमा लोकमार्ग माथिबाट पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बागलुङ-बुर्तिबाङ यातायात अवरुद्ध भएको छ।

बुर्तिबाङबाट बागलुङ बजारका लागि छटुेका र बागलुङबाट खर्बाङ बुर्तिबाङ लगायतका क्षेत्रतर्फ छुटेको सवारी साधनहरु बीचमै अपलत्र परेका छन्। स्थानीय तह र स्थानीय नागरिकहरुसँग सहकार्य गरेर पहिरो हटाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।

अविरल वर्षासँगै झरेको पहिरोका कारण गलकोट नगरपालिका-११ रिघामा पुरिएको छ। झण्डै ६० मिटर माथिबाट झरेको पहिरोबाट कृष्णबहादुर कामीको घर पुरिदा मानवीय क्षति नभए पनि अन्नपात र लत्ताकपडा सबै क्षति भएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img