Sunday, September 15, 2024
देशकोशी प्रदेशमोरङ जलमग्न , एक जनाको मृत्यु, १५ सय घरपरिवार विस्थापित

मोरङ जलमग्न , एक जनाको मृत्यु, १५ सय घरपरिवार विस्थापित

सुनसरी / केहि दिनदेखि परेको अविरल वर्षाका कारण मोरङका धेरै स्थानहरु जलमग्न भएको छ ।

हिजो गछिया खोलाले बगाएर मोरङको सुन्दरहरैँचा- ६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको थियोे । बाढीका कारण मोरङ जिल्लाभर करिब १५ सय घर परिवार विस्थापितका छन् ।

विस्थापित परिवारलाई विद्यालय भवन, सरकारी कार्यालय लगायतका सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) काशिराज दाहालले जानकारी दिए ।

हालसम्म १५ सय घरपरिवार विस्थापित भएको जानकारी प्राप्त भएको छ ।’ उनले भने, ‘विस्थापित परिवारहरुलाई विद्यालय, सरकारी कार्यालय लगायत अन्य सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।’ उनका अनुसार विराटनगर महानगरपालिकाका धेरै स्थानहरु डुबानमा परेका छन् । साथै कटहरी, ग्रामथान, बुढिगंगा, रंगेली, सुनबर्सी, कानेपोखरी , नगरपालिकाका जस्ता अधिकांश स्थान डुबानमा परेका छन् ।

साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उद्धार तथा राहतको काम भइरहेको उनले बताए । नेपालमा मनसुन सक्रिय हुँदा देशका विभिन्न क्षेत्रहरुमा बाढी पहिरो र डुबानका समस्याहरु देखा परिरहेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img