सुनसरी : ताप्लेजुङको मेरिङदिन गाउँपालिका-३ स्थित आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृ´त्यु भएको छ ।
ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका-१ का ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृ´त्यु भएको हो ।
दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह-चालक घाईते भएकालाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



