सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ विराटचोकमा बुधबार राती एकजना ट्रक चालकको कान का’टेर दुई युवा फरार भएका छन् ।
पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालकलाई मोरङको उर्लाबारी नगरपालिका-७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।
मोरङको विराट चोकमा पुगेपछि राती ११:२५ बजेतिर ट्रक पार्किङ गरेर मुखिया खाना खान नजिकैको होटलमा छिरेका थिए । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धा’रिलो ह’तियारले देव्रे कान का’टेर छिनाइदिएको जानकारी डीएसपी मुकारुङले दिए ।
उनका अनुसार अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्न रहेका र पहिचान खुल्न नसकेका फरार रहेका कारण खोजी तीव्र गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।-/सांकेतीक तस्बिर



