केही साता देशका विभिन्न स्थानमा सिटामोल अभाव भएको तथ्य सार्वजनिक भएको छ । काभ्रे जिल्लामा पनि सिटामोलको अभावको जनगुनासो बढेका जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपाका औषधी पसलमा अनुगमन सुरु गरेको छ ।
काभ्रे प्रशासनले आज बनेपाको मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेको छल। बजारमा कालो बजारी हुन सक्ने भन्दै काभ्रेको बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अमर दिप सुनुवारको टोलीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाई, प्रहरी प्रशासन, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेका थिए ।




