सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-१ मा बुधवार राती मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
हिजो (बुधवार ) राती साँढे ९ बजेको बर्जु गाउँपालिका-१ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उरावको उपचारको क्रममा मृ´त्यु भएको हो ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।