सुनसरी / एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको प्रभावका कारण सुनसरीको इटहरी चोक देखि धरानसम्मका सवारीसाधनहरू निर्वाधरुपमा चलिरहेको छ ।
६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन १५ गतेको संसद्को बैठक फागुन १८ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको कारण सुनसरी जिल्ला भरि बन्दको प्रभाव सामान्य परेको छ ।
सुनसरीका शैक्षिक क्षेत्रमा सामान्य प्रभाव परेको छ । धरानबाट चल्ने यातायात पनि निर्वाधरुपमा चलिरहेका छन् । पुर्वको काकडभिट्टा देखि धरानसम्म सवारीसाधनहरू चलिरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।