Sunday, September 8, 2024
देशकोशी प्रदेशधरानको बुढासुब्बा चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म फुटबल प्रतियोगिता हुने
spot_img

धरानको बुढासुब्बा चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म फुटबल प्रतियोगिता हुने

  • सन्जिप तिम्सिना, सुनसरी

मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२३ औं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता धरानमा आयोजित पत्रकार सम्मेलनमा चैत अन्तिम साता अर्थात् चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता हुन लागेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ।

धरानस्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा नेपाल र भारत गरी ८ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।

बुढासुब्बा गोल्डकप २२ औं संस्करणको लागि पुरस्कार राशी बिजेतालाई १० लाख, ट्रफी प्रदान गरिनेछ भने उपबिजेताला नगद ५ लाख प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् ।

-Google Ads-

कोरोना महामारीको कारण गत वर्ष २३ औं संस्करण हुन सकेको थिएन । गोर्खा ब्रुअरीको प्रमुख प्रायोजनमा हुने प्रतियोगिताका लागि सार्वजनिक गरिएको अनुमानित बजेटमा कुल आम्दामी ६६ लाख रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img