देशकोशी प्रदेशइटहरीमा प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा पायो

इटहरीमा प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा पायो

सुनसरी / नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईँले जग्गा दिएका छन् । आज सोमबार बिहान एक कार्यक्रमकाबीच प्रसाईले प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई उनले जग्गाको धनीपूर्जा हस्तान्तरण गरेका छन् ।

धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईले भने, ‘प्रेस युनियनका अध्यक्षले हाम्रा गतिविधि हाम्रै भवनमा सञ्चालन गर्छौँ भनेका कारण सहयोग गरिदिनुहोस् भनेर भनेकाले मैले बोलेको हुँ ।’

उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए । आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिएका छन् । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए ।

उनले भने, ‘नक्सा बनाउने काम भइरहेको छ, दुईवर्षभित्रमा भवन सक्नेगरी काम सुरु गर्छौँ ।’ प्रसाईले इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धूर जग्गा प्रदान गरेका हुन् ।

साथै सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला , (शोभा)ले २१ हजार नगद, कांग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img