देशकोशी प्रदेशइटहरी २ मा नेकपा एमालेको घरदैलो कार्यक्रम

इटहरी २ मा नेकपा एमालेको घरदैलो कार्यक्रम

इटहरी / नेकपा एमाले इटहरी उपमहानगरपालिका-२ को वडामा घरदैलो कार्यक्रम निरन्तर जारी छ ।

इटहरी २ को वडा अध्यक्षमा उमेदवारी दिएका माधव कोइराला , खुल्ला सदस्य पदमा दुर्ग बहादुर खत्री , खुल्ला सदस्य पदमा उमेदवार कृष्ण कुमार राई , महिला सदस्य पदकी उमेदवारी भीमा कुमारी तुम्बाहाम्फे र दलित सदस्य पदकी उमेदवारी चम्पामाया बि.कहरूको उपस्थितिमा घर दैलो कार्यक्रम गरिएको छ ।

नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घर दैलो अभियान निरन्तर चलिरहेको छ ।

घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।

राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज रुपमान्तरणको मुख आधार नै राजनिति हो भन्ने उदाहरण बनाउने उनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img