सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ ।
मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।
खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।
हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।
उनले के भने ?
उनले चुनावी प्रचार प्रसार गर्न घरदैलो जाने क्रममा आफ्नी फुपूको घरमा पुगेर फुपुको खुट्टा ढोगेको भन्दै बचाउ गरेका हुन् । चुनावी प्रचारका क्रममा खुट्टा ढोगेको र पैसा पाउमा चढाएको उनी आफैले स्वीकार गरेका छन्, चाहे फुपुको भनेर बचाउ गरे पनि ।