अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनवल नगर समितिले सरसफाई एवं बनभोज कार्यक्रम गरी ११२ अौ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ ।
२०७८ को उपलक्ष्यमा सरसफाई एवं बनभोज कार्यक्रम नगर अध्यक्ष प्रतिभा कार्की क्षेत्री को अध्यक्षतामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )केन्द्रीय सल्लाहकार लोक बहादुर श्रेष्ठ, अतिथिहरू लुम्बिनी प्रदेश सदस्य नवलपरासी अध्यक्ष भबिश्वर तिवारी लुम्बिनी प्रदेश सदस्य अडिक बि क , वाईसीएल जिल्ला ईन्चार्ज निर्मला के सि , जिल्ला सदस्य मिलन गुरूङ , नगर निवर्तमान अध्यक्ष वीर बहादुर बिक वाईसीएल नगर ईन्चार्ज समीर खान, प्रवास समन्वय समिति कार्यालय सदस्य मोहन कार्की क्षेत्री रहनु भयको थियोे कार्यक्रम सन्चालन महिला सुनवल नगर कमिटी सह सचिव गोमा आचार्य ले गर्नु भयको थियोे ।
सहिद प्रति मौनधारण सहित स्वागत मन्तब्य बिण्णु खनालले गर्नुभयको थियोे । विशेष गरि महिला अन्तर्राष्ट्रिय महिला श्रमिक दिवश हर्षउल्लास को साथ, महिला हक अधिकार प्राप्त भयको दिन लाई नया तरिकाले मनाईयको छ सहिद को सम्मानमा बिण्णु पाण्डे प्रतिष्ठान कम्पाउन्ड भित्र सरसफाइ कार्यक्रम, बनभोज सहित नाचगान पनि भयको थियो ।कार्यक्रममा सुनवल नगर समिति भित्र रहनुभयका सैयौ महिलाहरूको उपस्थित रहेको थियोे ।
कार्यक्रम सम्पूर्ण अतिथि प्रमुख अतिथि हरू बाट महिला हक अधिकारको बारेमा आआफ्नो धारणा राख्नु भयको थियो । अन्तमा अध्यक्षता गर्नु भयको अध्यक्ष प्रतिभा कार्की क्षेत्री ले महिला अझै हरेक क्षेत्रमा अगाडि बढ्नु पर्छ भन्दै सम्पूर्ण उपस्थिति हुनुभयको सामान्य भोजन मात्र रहेको सबैको सहयोग आर्थिक नैतिक भौतिक सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्व हरूमा धन्यवाद दिदै सदैव सहयोग को अपेक्षा सहित कार्यक्रम लाई समापन गर्नु भएको थियो ।






