देशमधेस प्रदेशप्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

राखिएकाे विराेधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएकाे छ । २२ जिल्लामा फैलिएकाे मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।

युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।

मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् । 

प्रदेशकाे नाम मधेस कायम भएकाे खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img