Wednesday, March 26, 2025
समाजमन्त्रीलाई नै ब्ल्याकमेल गर्ने यी युवक को हुन् ? ५० लाखको डिमाण्ड...

मन्त्रीलाई नै ब्ल्याकमेल गर्ने यी युवक को हुन् ? ५० लाखको डिमाण्ड गर्दा नदिएपछि पुरानो भिडियो गरिदिए सार्वजनिक (च्याटको कुराकानी सहित)

मुम्बई बस्दै आएका एकजना नेपाली युवा जगत ओलीसँग अ’श्ली’ल गा’लीगलौ’जस’हि’तको भिडिओ संवाद बाहिरिएपछि आ’लोचनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले मंगलबार बाराको निजगढ पुगेका छन्।

अ’श्ली’ल श’ब्दको प्रयोग गर्दै बोलिएको भिडिओ संवाद बाहिरिएपछि राजीनामाको दबाबबीच मन्त्री आले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगै निजगढस्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुगेका हुन्।

आलेले अ’श्ली’ल श’ब्द बो’लेको भिडियो सार्वजनिक भएको सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श शुरु गरेको बताएको छ । मंगलबार सार्वजनिक भिडियो तो’डमो’ड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।

सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने ध’म्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ ।

एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले नयाँ गठबन्धन बनेपछि मन्त्री आलेविरुद्ध नकारात्मक कमेन्ट गर्न थालेको समेत सचिवालयले जनाएको छ । उनले आर्थिक सहयोग चाहियो भन्दै बार्गेनिङ गरेको समेत सचिवालयले जनाएको छ ।

जगत ओली नाम गरेका एक जनाले सोमबार राति आफ्नो फेसबुकमा २ मिनेट २५ सेकेन्डको भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा उनलाई मन्त्री आलेले पटक–पटक अ’श्लि’ल श’ब्द प्रयोग गरी गा’ ‘ली गरेको देखिन्छ । साथै उनले आफू भारतको मुम्बई अन्धेरीमा रहेको र त्यहीँ आएर उठाउन समेत भनेको सुनिन्छ ।

‘कहिले तपाईं सेलिब्रेटी बन्नु भयो, सहयोग गर्नुहोस् तपाईंलाई भाइरल बनाउँछु भन्थे । कहिले तपाईंले भने अनुसार गर्नु भएन भने मन्त्रीबाट म हटाउन सक्छु भन्थे । प्रायः व्यवधान खडा गरिरहने स्वभाविका उनले मन्त्रीज्यूले दल त्याग गरेपछि सधैजसो झिँजो गरिरहेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

स्वकीय सचिव रेग्मीका अनुसार गत सातामात्रै यस्तो भिडियो सार्वजनिक गर्ने ध’ ‘म्कीको सूचना सचिवालयमा कर्णालीका एक जना माननीयमार्फत् आइसकेको थियो । ‘हामी सचेत छौं, नक्सालको एक होटलबाट पनि हामीले सावधानीको खबर पाएका थियौं,’ उनले भने ।

विज्ञप्तिमा भनिएको छ, ‘बाल्यकाल भारतमै बिताएका, त्यतै लेखपढ गरेका र अधिकांश सुदुरपश्चिमका नागरिक त्यतै रहने भएकाले मन्त्रीज्यूले त्यहाँ रहेको प्रवासी समूदायसँग सम्पर्क टु’टाउनु भएको थिएन र छैन । अहिले पनि थुप्रै प्रवासी नेपालीहरुसँग संवाद भइरहन्छ ।’

यसैक्रममा तो’डमो’ड र काँटछाँट गरेर एउटा भिडियो क्लिप सार्वजनिक गरेको देखियो । यसबारे छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले कानूनी परामर्श थालिसकेका छौं । र, आम जनसमूदायले ती नागरिकको टिकटक र फेसबुक पेज हेर्नु भएमा सबै छर्लंगै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उहाँमाथि ब्ल्या’कमेल गर्ने, उहाँलाई उ’त्तेजि’त गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा ध’म्क्या’उने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उ’त्तेजि’त पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उहाँविरुद्ध सामाजिक सञ्जालमा गा’लीगलौ’ज गर्नुका साथै पटक–पटक मा’नसि’क त’नाव दिने र अ’श्लि’ल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

यस्तो छ ओलीले बार्गेनिंग गर्दै मन्त्री आलेलाई पठाएको म्यासेज
Screen Shot 2022 02 15 at 16.42.30 768x627 1

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अ’श्लि’ल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’
युवाः इन्डियातिर छु’
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आ’क्रो’शि’त हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’
युवाः के गरेको छु ?
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा का’टे’र साला प्या’क गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चु’तियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img