Friday, February 14, 2025
समाजएमसीसीकाे समर्थनमा मोटरसाइकल र्‍याली

एमसीसीकाे समर्थनमा मोटरसाइकल र्‍याली

फागुन ४, २०७८ बुधबार |

काठमाण्डौ – अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा नयाँ बानेश्वरमा रहेको संसद् भवन अगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको आयोजनामा आज बुधवार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज काठमाण्डौको यातायात सेवा प्रभावित भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img