Thursday, June 12, 2025
समाजपल शाह ४ दिन प्रहरीको सम्पर्कमा नआएपछि प्रहरीले लियो यस्तो एक्सन

पल शाह ४ दिन प्रहरीको सम्पर्कमा नआएपछि प्रहरीले लियो यस्तो एक्सन

spot_img

काठमाडौं :

प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।​

-Ads-

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन्। ​

निर्देशक थापालाई महानगरीय प्रहरी वृत्त (बानेश्वर) ले समातेको हो। चार दिनदेखि पल शाहलाई पक्राउ गर्न खोजिरहे पनि उनी नभेटेपछि प्रहरीले उनका निकटका व्यक्तिहरुसँग सोधखोज गरिरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार थापालाई शाहको बारेमा जानकारीका लागि बोलाइएको बतायो।

‘उहाँसँग निकट रहेको कारणबाट केही जानकारी लिने प्रयोजनले सोधपुछ गरिएको हो,’ परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने। ‘म्याद थप गर्न र मुद्दा चलाउने उद्देश्यले होइन। पछिल्लो समय उहाँको पल शाहसँग बढी सम्पर्क देखिएको छ।’

थापालाई मुद्दाका विषयमा भन्दा पनि पल शाहको बारेमा सूचना लिएर पक्राउमा सहयोग पुग्छ कि भन्ने हिसाबले बोलाइएको एसएसपी गिरीले बताए। सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ।

नाबालिग कर णी आ’रोपमा उजुरी परेपछि प्रहरीले अभिनेता पल शाहलाई खोजिरहेको छ। गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरु’द्ध जाहेरी परेको हो।

त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि अहिलेसम्म फेला परेका छैनन्। प्रहरीमा जाहेरी दर्ता भएका दिन बुधबार साँझ काठमाडौंको ​ कीर्तिपुरमा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो थियो। तर उनी त्यहाँ गएनन्। त्यही दिनदेखि उनी हराए।

देशभर सर्कुलर जारी गरेर प्रहरीले उनको खोजी ती’व्र पा’रेको छ। बिहीबार बिहान अभिनेता पलले फेसबुकमा केही अडिओ सार्वजनिक गर्दै आफूलाई फ’सा’इ’एको दा’बी गरेर स्टाटस लेखेका थिए। तर उनको मोबाइल अफ छ।

प्रहरीका अनुसार उनको मोबाइल अन्तिमपटक बुधबार राति साढे १० बजे बालकुमारीमा अन देखिएको छ। प्रहरीले मोबाइल ट्रेस गर्दै बालकुमारी पुग्यो तर त्यहाँ उनी भेटिएनन्।खोजी जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img