काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति वि’ष पिएका ४ जनाको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको मृ’त्यु भयो ।
मनमोहन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको मध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधान चाहिँ भीमकी आमा हुन् । भीम र मन्दिराकी छोरी हुन् ११ वर्षकी सप्रिया प्रधान । बालाजु स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा ६ कक्षामा अध्ययनरत सप्रिया पढाइमा अब्बल थिइन् ।
सबै विषयमा ‘ए प्लस’ रिजल्ट आएको थियो । तर, जन्म दिएका बुवा–आमाले वि’ष पिलाएपछि ती अ’बोध बालिका अहिले मनमोहन अस्पतालको भेन्टिलेटरमा जीवनको ल’डाइँ ल’ड्दै छिन् ।सोमबार राति नै ज्यान गुमाएका सुवर्णमान चाहिँ भीमका भतिजा हुन् । उनी भीमकै परिवारसँग बस्थे ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् । भीम र मन्दिरा दम्पतीको योजनामा आफूसँगै छोरी, भतिज र ६२ वर्षीया आमालाई विष पिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मनमोहन अस्पतालमा उपचार बापतको बिल २ लाखबाट उकालो लागेको छ । तर, आफन्तहरू सम्पर्कमा नआउँदा उपचारमा स’मस्या भएको प्रहरीको भनाई छ ।भीम र मन्दिरा डल्लुका पुराना बासिन्दा हुन् । करिब १ वर्षअघि त्यहाँको आफ्नो सम्पत्तिको हिस्सा लिएर उनीहरू रामकोटमा गएर बस्न थालेका थिए ।
फागुन २३ मा राति वि’ष पिएर अ’चेत अवस्थामा भेटिएको घरमा उनीहरू २०७८ कार्तिक देखि बस्न थालेका हुन् । डा। उद्धव पुरिको घरको पहिलो तला उनीहरूले भाडामा लिएका थिए ।वि’ष पिउनुअघि उनीहरूले लेखेको सु,’साइड नोट प्रहरीले बरामद गरेको छ । मन्दिराले फागुन १८ मा नै सु,’साइड नोट तयार गरेर हस्ताक्षर गरेकी थिइन् । भीमले फागुन २० मा हस्ताक्षर गरेको सु’साइड नोट प्रहरीले बरामद गरेको छ । ६२ वर्षीया इन्दिरामायाको नाममा लेखिएको नोटमा चाहिँ औँठा छाप लगाइएको छ ।मन्दिराले अफ्नो नोटमा लेखेकी छिन्–‘अफिसबाट पनि धेरै है’रानी भयो ।
घरमा सासू र श्रीमानलाई रो’गले छाडेन । जत्ति प्रयास गरे पनि असफलता मात्रै हात लाग्यो ।’अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार भीम प्रधानले आफ्नो नो’टमा लेखेका छन्–‘हाम्रो श’व दाइहरूलाई दिनु र सामान पनि उहाँहरूलाई नै दिनु ।’ मन्दिराले आफ्नो नोटको शुरुमै लेखेकी छिन्–‘यो नोट न’च्यात्नु होला, मैले सम्बन्धितलाई पठाइसकेको छु ।’महानगरीय प्रहरी वृत्त स्वयम्भुले मन्दिराको मोबाइल र घटनास्थलमा ब’रामद नोट फ’रेन्सिक जाँचका लागी पठाउने भएको छ । नोट र मोबाइल परीक्षणका लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।
घटनास्थलमा से,’ल्फल नामक कि’टनाशक औ’षधीको ३ थान खाली प्याकेट, रा’टील नामको कि’टनाशक औ’षधीको २ वटा खाली बट्टा, चा’कोर नामक कि’टनाशक औ’षधीको नखोलेको एउटा बट्टा र स’फारे नामको कि’टनाशक औ’षधीको नखोलेको दुईवटा बट्टा भेटिएको छ । प्लास्टिक, वा’इन र ह्वि’स्कीको बोतलमा घोलेर राखेको वि’ष प्रहरीले बरामद गरेको छ । वि’षमा सि’टामोल पनि धु’लो बनाएर जु’सजस्तो घो’ल बनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।इन्दिरामाया प्रधान क्या’न्सरको रो’गी थिइन् । भीम प्रधान मा’नसिक रो’गको औ’षधी खान्थे ।
उनले पाटन अस्पतालमा उपचार गराएको र औ’षधी खाने गरेको कागजात भेटिएको छ । पहिले ट्याक्सी चलाउने भीम पछिल्लो समय बेरोजगार थिए ।घरमा कमाउने मन्दिरा प्रधान मात्र थिइन् । उनी न्युरोडमा ब्रिटिस गोरखाली सेभिङ एण्ड क्रेडिटमा कलेक्टरको काम गर्थिन् । मन्दिराले कलेक्सन गरेको पैसा हि’नामिना गरेको आरोपमा सहकारीले उनलाई प्रहरी कार्यालयमा उभ्याएको थियो । फागुन २० मा शुक्रवार महानगरीय प्रहरी वृत्त जनसेवाले मन्दिरालाई बोलाएर फाइनान्सको पैसा हिनामिना गरेको बारेमा ७ घण्टा सोधपुछ गरेको थियो ।
उनले सो कुरा सु’साइड नोटमा पनि लेखेकी छिन् ।प्रहरीले घटनाको कारण आर्थिक स’मस्या हुनसक्ने आकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताए ।भीम र मन्दिराको योजनामा उनीहरूले चेन गेटमा ताला लगाएर वि’ष पिएका थिए । दिनभर कुकुर कराएपछि नजिकैको किराना पसल सञ्चालकले भीमको दाइलाई खबर गरेका थिए । दाइ पुगेर झ्यालबाट हेर्दा उनीहरू ढ’लेको देखेर प्रहरी क’न्ट्रोलमा खबर गरे ।चेन गेटको ताला फु’टाएर अ’चेत अवस्थामा रहेकाहरूलाई अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए ।
एउटा कोठामा इन्दिरामाया, भीम र ११ वर्षीया छोरी सप्रिया अ’चेत अवस्थामा थिए । एउटा कोठामा भीमकी पत्नी मन्दिरा र अर्को कोठामा भतिज सुवर्णमान अ’चेत अवस्थामा प’ल्टिरहेका थिए ।




