सङ्खुवासभा :
खाँदबारी सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्या न गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।