काठमाडौं–
ज ब रजस्ती क र णीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। जोशीलाई तनुहँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पल अहिले पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रहरी हिरासतमा छन्। पलविरुद्ध परेको उजुरीमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको भए पनि सोही प्रकृतिको जाहेरी गैंडाकोटमा पनि दर्ता भएपछि उनलाई त्यता लगिएको हो।
नायक पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ । एक नाबालिग गायिकालाई क र णी गरेको आरोप उनीमाथि लागेको छ।
घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्यासम्मको ध’म्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि मतियारको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।



