समाजदसैं आयो, बहस आएन

दसैं आयो, बहस आएन

आश्विन १९
नेपालीहरूको महान चार्ड पर्व दशै तिहार नजिकै गर्दा बाली लगाउने र बाली भित्र्याउने समयका चाडपर्व विशेष महत्त्वका रहिआएका छन्। र चाडपर्वलाई बजारवादको कब्जाबाट कसरी मुक्त गर्ने भन्नेबारे व्यापक बहस आजको एउटा आवश्यकता होभन्ने विषयमा आहुतिको केही भनाइ रहेको छ ।

नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटिमा रहेको पाइन्छ । सिन्धु उपत्यका र गंगा मैदानमा विकसित कृषि युगसँगै बाली भित्र्याएपछिको उत्सवका रूपमा दसैं पर्व सुरुआत भएकामा धेरैजसो समाजशास्त्री सहमतिजनाउँछन् ।

कृषि या खेती किसानको युगमा निजी सम्पत्ति र निजी जमिनको प्रचलन कायम भइसकेको भए पनि औजारको कम विकसित अवस्थाका कारण त्यतिबेलाका गण समाजमा बाली लगाउने र भित्र्याउने काममा सिंगै समाज लाग्थ्यो ।सिंगै गण समाजले पालैसँग सबैको बाली भित्र्याउने काम हप्तौंसम्म निरन्तर चल्थ्यो ।

यसरी हप्तौंसम्म बाली भित्र्याउने सिलसिला खानपिनसहितको उत्सव बन्न पुग्थ्यो ।दसैंजस्ता पर्व करिब तीन हप्ताको लम्बेतान हुन पुग्नु त्यही परम्पराको अवशेष मानिन्छ ।धर्मलाई राज्यले जनताविरुद्ध बौद्धिक हतियारका रूपमा प्रयोग गर्न थालेपछि धेरैजसो आम जनताको जीवनकर्मबाट विकसित स्वाभाविक पर्वहरूलाई धर्मकरण गरियो । हिन्दु धर्मको जन्म र त्यसका आधारमा समाजमाथि शासन सुरु भएसँगै बाली भित्र्याउने उत्सवका रूपमा रहेको दसैं पर्वलाई पनि हिन्दु धर्मकरण गरियो ।

अनि रावण वध वा महिषासुर वधसँग यसलाई जोडियो ।जबसम्म पर्वहरूलाई धर्म र रूढिबाट अलग गर्ने चेतनामा मानिसहरू पुग्दैनन्, तबसम्म प्रगतिशीलहरूले सुरु गर्ने नयाँ वैज्ञानिक पर्वहरूतिर आकर्षित हुन पनि उनीहरू सक्नेछैनन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img