Wednesday, February 12, 2025
धर्म/संस्कृतिभोजपुरको टुँडिखेलमा साकेला सिली

भोजपुरको टुँडिखेलमा साकेला सिली

भोजपुर / किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार साकेला सिलीसहित शुभकामना आदनप्रदान गरिएको छ ।

गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन रहँदै आएको छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदायहरु भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बूढाबूढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक समेत बढदै गएको छ । किरात राई समुदायमात्र नभई यतिबेला गैरकिरातहरू पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष बिदुर राईले बताए ।

पछिल्लो पिढीमा आएर सबै गैरकिरातका लागि भ्रातृत्व झल्काउने उत्सवकोरूपमा पनि साकेलालार्ई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसहरूले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव समेत बढदै गएको छ ।

वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ ।

उधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

उधौली पर्व किरातहरूको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजंग राईको धारणा रहेको छ । उहाँका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जंगली पशुपक्षीहरू लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस