Friday, July 11, 2025
कोशी प्रदेशइटहरीइटहरीमा सरकारी जग्गा ओगटेर बनाएका संरचना हटाउन सात दिने अल्टिमेटम

इटहरीमा सरकारी जग्गा ओगटेर बनाएका संरचना हटाउन सात दिने अल्टिमेटम

spot_img

इटहरी | इटहरीका बिभिन्नमा सार्वजनिक, सरकारी, ऐलानी र पर्ती जग्गा ओगटेर बनाएका संरचना हटाउन उपमहानगरले सातदिने अल्टिमेटम दिएको हो।

उप–महानगरपालिकाले वस्तीलाई बाढिबाट जोगाउन यतिबेला टेङ्ग्रा खोला क्षेत्रमा खोलाको जग्गा अतिक्रमण गरेर निर्माण गरेका घर÷टहरा डोजर प्रयोग गरि भत्काउने अभियान चलाईरहेका बेला अन्य क्षेत्रमा पनि सार्वजनिक, सरकारी, ऐलानी र पर्ती जग्गा ओगटेर बनाएका संरचना हटाउन मंगलबार सात दिने अल्टिमेटम दिएको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीद्वारा जारी गरिएको अल्टिमेटममा कसैले अटेर गरे कानुन अनुसार प्रक्रिया अघि बढ्ने उल्लेख छ। सूचना अनुसार कार्यालय, बिभिन्न संस्था र उद्योगहरुले सार्वजनिक ऐलानी जग्गा ओगटेर संरचना बनाएमा तत्काल हटाउन उल्लेख छ।

इटहरीमा सार्वजनिक ऐलानी जग्गामा धेरै सकुम्बासीहरु बसोबास गरिरहेका छन्। सार्वजनिक ऐलानी जग्गामा खनार क्षेत्रका थुप्रै उद्योगीले समेत भौतिक संरचना बनाएको खुलेको छ।

सरकारी, सार्वजनिक, ऐलानी पर्ती जग्गाको खोजी गर्ने, सिमा निर्धारण गर्ने, स्वामित्वमा ल्याउने र संरक्षण गर्ने विषयमा इटहरी उप–महानगरपालिका सक्रिय भएर जुटेको नगरप्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। मुलुकी देवानी संहिताको परिच्छेद ५ मा सरकारी, सार्वजनिक तथा समुदायीक सम्पत्ति सम्बन्धि व्यवस्थाको धारा २९९ देखि धारा ३१३ मा स्पष्ट व्यवस्था गरेको छ ।

धारा ३०४ को उपधारा २ ले सरकारी तथा सार्वजनिक सम्पतिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्ला स्तरीय प्रशासन र स्थानिय तहको हुनेछ भनी स्पष्ट तोकिएको छ।

यसैबीच, नक्सा पास नगरि बनाएका भवन र संरचना १५ दिनभित्र अभिलेखीकरण प्रक्रिया अघि बढाउन सकुर्लर गरिएको छ । इटहरी उप–महानगरपालिकाको भवन ऐन, २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नक्सा पास नगरिकन भवन र संरचना बनाउन नमिल्ने व्यवस्था छ । तर, पूर्वनिर्मित भवनको सन्दर्भमा अभिलेखीकरण गर्न समय दिइएको हो।

ITAHARI 1 ADS

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img