Wednesday, May 14, 2025
समाजहेटौँडामा चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान कार्यक्रम हुँदै
spot_img

हेटौँडामा चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान कार्यक्रम हुँदै

spot_img

हेटौडा | मकवानपुरस्थित चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले यस वर्षको चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न पुरस्कार तथा सम्मान वितरण गर्ने भएको छ।

जेठ ७ गतेका दिन मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा पत्रकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ। उक्त पुरस्कार चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका हुन्।

त्यसैगरी, मंगलबार बसेको संघको बैठकले पत्रकार बालकृष्ण अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने निर्णय गरेको छ। हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेका अधिकारी संघका संस्थापक सहसचिव समेत रहेका छन्।

यसैबीच, संघले गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुब न्यौपानेलाई कलाकर्मी सम्मान २०८१ प्रदान गर्ने भएको छ। मकवानपुरमा जन्मेर राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघले जनाएको छ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा जेठ १० गते हुने एक कार्यक्रमका बीच उक्त पुरस्कार तथा सम्मान वितरण गरिने संघका अध्यक्ष कपिल खड्काले बताएका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img