बागमती प्रदेशमकवानपुरहेटौँडामा नेपालकै पहिलो लाइभ तामाङ सेलो साँझ हुँदै

हेटौँडामा नेपालकै पहिलो लाइभ तामाङ सेलो साँझ हुँदै

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा लाईभ सेलो सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको छ। आगामी असोज १९ गते हेटौँडा-२ स्थित पल्पसा सभाहलमा नेपालकै पहिलो लाइभ तामाङ सेलो साँझ आयोजना हुन लागेको हो।

आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिले सेलो साँझ आयोजिना गर्न लागेको जानकारी दिएको थियो।

कार्यक्रमका संयोजक विक्रम लुङ्बाले तामाङ समुदायको मौलिक संगीत, गीत र वाद्ययन्त्रहरूको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यका साथ् कार्याक्रम गर्न लागेको बताए । उनले मकवानपुरमा पहिलो पटक टुङ्गना र डम्फु जस्ता परम्परागत वाद्ययन्त्रहरूको प्रशिक्षण दिने योजना रहेको समेत उल्लेख गरे। यो प्रयास “एक तामाङ घर, एक डम्फु” भन्ने नाराको साथ अघि बढाइएको छ।

कार्यक्रममा तामाङ सेलो क्षेत्रका दुई प्रख्यात गायक प्रकाश लामा तितुङ र गायिका सुमिना लोको विशेष प्रस्तुति रहनेछ आयोजकले जनाएको छ । कार्यक्रमले तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभूषा तथा भाषाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले तामाङ कलाकारहरूलाई प्रोत्साहन गर्ने र नयाँ प्रतिभाहरूलाई अगाडि बढ्ने मञ्च प्रदान गर्नेछ।

पत्रकार सम्मेलनमा तामाङ घेदुङ संघ मकवानपुरका उपाध्यक्ष आत्माराम मोक्तान, सचिव किरण बल, सल्लाहकार सानु लामा दोङ, गायक प्रकाश तितुङ र कलाकार हेम कुमार तामाङ लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम केवल एक साँस्कृतिक उत्सव मात्र नभई, तामाङ समुदायको पहिचान र विरासतलाई जीवन्त राख्ने एक महत्त्वपूर्ण कदम हो। यसले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्न, परम्परागत कला र संगीतलाई पुनर्जीवित गर्न, र समग्र नेपाली सांस्कृतिक मोजाइकमा तामाङ संस्कृतिको महत्त्वलाई रेखाङ्कित गर्न मद्दत गर्नेछ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img